काठमाडौं महानगरपालिका–६ बौद्व नयाँबस्ती डेरा गरी बस्ने राहदानी नम्बर ०८ सिके ०४१२३ वाहक फ्रान्सेली नागरिक ६५ वर्षीय मार्क गेरार्ड बाजुस आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
गुल्मी, मदाने गाउँपालिका–६ घिउपानी बस्ने ३४ वर्षीय राम बहादुर नेपाली सोही ठाउँस्थित रातामाटा खर्सेटा बुहारी खोला नजिक मृत अवस्थामा फेला परेका छन् । बिहीबार दिउँसो घरबाट हिडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा शनिबार उनको शव फेला परेको हो ।
ताप्लेजुङ, फुङलिङ नगरपालिका–१ आहाले तिनघरे बस्ने ५८ वर्षीय हर्क बहादुर शिवा सोही ठाउँस्थित नव निर्मित वडा कार्यालय भवन अगाडि नालीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।