काठमाडौं । आगामी आर्थिक बर्षको बजेट मार्फत सरकारी कर्मचारीहरुको तलब दुुई हजार रुपैयाँले बढेको छ । राष्ट्र सेवक कर्मचारीहरुको मनोवललाई उच्च बनाउनको लागि सरकारी कर्मचारीहरुको तलवमा बृद्धि गरिएको आगामी आर्थिक बर्षको बजेटमा उल्लेख छ ।
सरकारी कर्मचारीको तलव बृद्धि यही साउन एक गते देखि नै कार्यान्वयनमा आउने छ । यसबाहेक महंगी र अन्य भत्ता भने यथावत नै राखिएको बजेटमा उल्लेख छ ।