काठमाडौं । होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको डिमाण्ड शुल्क छुट दिने व्यवस्था गरेको छ । यसैगरी नेपाल खानेपानी संस्थान, काठमाडौं खानेपानी लिमिटेड (केयुकेएल) तथा स्थानीय तहबाट वितरण हुने ग्राहस्थ उपभोक्तालाइ मासिक २० हजार लिटरसम्म पानीको निःशुल्क वितरण गर्ने घोषणा पनि सरकारले गरेको छ । गुणस्तरीय खानेपानी सेवा सुधार गरि नागरिकको जीवनस्तरमा सुधार ल्याउने छुट दिन लागिएको हो ।
सरकारले बजेट मार्फत पर्यटन ब्यवसाय, सञ्चारगृह, हेल्थ क्लब, इजाजत र नवीकरण छुट दिइएको छ भने होटलले आइसोलेसन बनाएमा होटललाई पैसा उपलब्ध गराइने घोषणा गरेको छ । होटललाई उत्पादनमूलक क्षेत्रमा वर्गीकरण गरिएको । खाद्यान्न तरकारी ढुवानीमा २५ प्रतिशत अनुदान दिइने छ भने ब्यवसाय निरन्तरता कोषलाई निरन्तरता दिइएको छ । सरकारी गोदाम र घर भाडामा लिएकालाई दुई महिनाको भाडामा ५० प्रतिशत छुट उपलब्ध हुने ।