काठमाडौं । सरकारले निषेधाज्ञा अवधीभर घरेलु तथा साना उपभोक्ताले मासिक रुपमा २० युनिटसम्म खपत गर्ने विद्युतको डिमाण्ड शुल्क तथा महसुल छुट दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै मासिक ५० युनिटसम्म खपत गर्नेलाइ ५० प्रतिशत र २५० सम्म ३० प्रतिशत छुट दिने घोषणा गरेका हुन । साझेदारी, सह–लगानी लगायत सबै प्रकारका खानेपानी सामुदायिक सिंचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमाण्ड शुल्क र महसुल पुरै छुट दिने निर्णय सरकारले गरेको हो ।