आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चलचित्र क्षेत्रलाई ईजाजत र नविकरणमा छुट दिने

शनिबार, जेष्ठ १५ २०७८

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा चलचित्र क्षेत्रलाई इजाजत एवं नविकरण दस्तुरमा छुट दिने भएको छ । अर्थमन्त्री विष्णुप्रशाद पौडेलले उत्पादनमुलक उद्योगहरूलाई उक्त छुट दिने घोषणा गरेका हुुन ।  चलिचत्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्यूटी पार्लरले पनि इजाजत दस्तुर तिर्नु पर्ने छैन । उक्त उद्योगहरू स्वतः नविकरण हुने आगामी आर्थिक बर्षको बजेटमा उल्लेख छ । 
कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक वृद्धीको लसी हासिल गर्न भन्दै चलचित्र र होटल उद्योगलाई विद्युत खपतमा समेत डिमान्ड शूल्क छुट दिने घोषणा बजेटले गरेको हो । यसैगरी सरकारले युवाहरुलाई उद्यमशीलतामा प्रेरित गर्न स्टार्टअप व्यवसायहरुलाई एक प्रतिशत ब्याजदरको सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने भएको छ ।आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप (नवउद्यम) हरुलाई बिउ पुँजीका लागि एक प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म कर्जाको प्रबन्ध गर्ने घोषणा गरेका हुन् । साथै, यस्ता स्टार्टअप व्यवसाय स्थापना तथा संचालनका लागि सहज बनाउन एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउने समेत बजेटले उल्लेख गरेको छ । 
यसैगरी नवउद्यमीहरुलाई वित्तीय रुपमा सघाउनका लागि सरकारले एक अर्ब रुपैयाँको च्यालेन्ज फन्डको स्थापना गर्ने पनि बजेटमार्फत मन्त्री पौडेलले जानकारी दिएकाछन ।