आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

हतियारीधारी समूहबाट प्रहरी चौकीमा आक्रमण, असईसहित पाँच प्रहरी घाइते

शुक्रबार, जेष्ठ १४ २०७८

सुनसरी,। हतियारधारी एक समूहले सुनसरीको धरानस्थित प्रहरी चौकीमा आक्रमण गर्दा असईसहित पाँच प्रहरी घाइते भएका छन् ।

बिहीबार साँझ उजुरी दिन आएका एक युवकलाई पच्छ्याउँदै मोटरसाइकलमा हतियार बोकेर आएका १२ भन्दा बढी युवकले प्रहरीलाई नै आक्रमण गरेका हुन् । धरान–१५ बाझगरस्थित वडा कार्यालय नजिक रहेको प्रहरी चौकीमा उनीहरूले आक्रमण गर्दा त्यहाँका पाँच प्रहरी घाइते भएका हुन् ।

प्रहरीका अनुसार आफूलाई धम्की आएपछि धरान–३ का प्रसन्न लिम्बू जाहेरी दिन त्यस प्रहरी चौकीमा आएका थिए । उनैलाई खोज्दै आएको हतियारधारी समूह प्रहरी चौकीभित्रै पसेर उनलाई आक्रमण गर्न खोजेपछि प्रहरीले बचाएका थिए । त्यही क्रममा उनीहरूले प्रहरीलाई आक्रमण गर्दा प्रहरी चौकीका इञ्चार्ज असई सुमन दाहालसहित ड्युटीमा रहेका पाँच प्रहरी घाइते भएका हुन् । आक्रमणकारीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।