बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुका लागि कोभिसिल्ड दोस्रो डोज खोपको व्यवस्था

बिहिबार, जेष्ठ १३ २०७८

काठमाडौं । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुमध्ये कोभिसिल्ड पहिलो डोज खोप लगाएका प्रहरी कर्मचारीहरुलाई दोस्रो डोज खोप लगाउने व्यवस्था गरिएको छ । 
अत्यन्त जोखिमपूर्ण रुपमा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरुलाई खोप न्यून भइरहेको अवस्थालाई मध्यनजर गरी प्रहरी प्रधान कार्यालयको विशेष पहलमा सीमित कोभिसिल्ड खोप निकासा गरी स्वास्थ्य मापदण्ड पूर्ण पालनाका साथ आलोपालो रुपमा बुधबार, बिहीबार र शुक्रबार खोप लगाउने व्यवस्था गरिएको हो ।

Vaicien photo 2.JPG
सो क्रममा महानगरीय सशस्त्र प्रहरी गण नं. २ महाराजगंजमा बुधबार र बिहीबार गरी प्रहरी प्रधान कार्यालय तथा अन्तर्गतमा कार्यरत जम्मा १ हजार ३ सय ११ जनालाई  खोप लगाइएको छ । यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखामा ४ सय ३४ जना, महानगरीय प्रहरी परिसर काठमाडौं तथा मातहत वृत्तहरु समेतमा १ हजार ४८ जना, महानगरीय प्रहरी परिसर ललितपुरमा २ सय ५० जना र महानगरीय प्रहरी परिसर भक्तपुरमा ३ सय ५० जनालाई कोभिसिल्ड दोस्रो डोज खोप लगाइएको छ । साथै शुक्रबार समेत थप कर्मचारीलाई खोप लगाइने छ ।
नेपाल प्रहरीमा देशभर कार्यरत प्रहरी कर्मचारीहरुमध्ये हालसम्म ३७ हजार ९ सय ६१ जनाले पहिलो चरणमा र २४ हजार १ सय ६० जनाले दोस्रो चरणमा खोप लगाएका छन् ।

DSC_5818.JPG