आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेपाल पक्षका युवा नेताले गरे नेकपा एकीकृत दल दर्ता,चुनाव चिन्ह कलम

आइतबार, जेष्ठ ९ २०७८

काठमाडौँ – निर्वाचन आयोगमा नेकपा एमालेको माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नयाँ राजनीतिक दल दर्ता भएको छ। राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको हो।

वैशाख ७ गते दर्ता भएको यो दलको चुनाव चिन्ह कलम माग गरिएको छ।

पार्टीको महासचिवमा रौतहटका विनोद खुलाल छन्।

निर्वाचन आयोगका आयुक्त दिनेशकुमार थपलियाका अनुसार संखुवासभाका राईले ३२ दिन पहिले केन्द्रीय सदस्यसहितको विवरण पेश गरेर दल दर्ताका लागि निवेदन दिएका हुन् ।