आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सेयरबजारका बारेमा जथाभावी बोल्नेमाथि धितोपत्र बोर्डले लगायो लगाम, बोले के हुन्छ कार्वाहि ?

शुक्रबार, जेष्ठ ७ २०७८

काठमाडौं ।  सेयरबजारका बारेमा अब सार्वजनिक रुपमा बोल्न पाइनेछैन । बजार प्रंभावित गर्नेगरि अभिब्यक्ति दिएमा धितोपत्र बोर्डले अब कार्वाहि गर्ने भएको छ ।

अबदेखि बजारलाई प्रभाव पार्नेगरि बिश्लेषण गर्नेहरुलाई  धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गरिने बोर्डले बताएको छ । जसअनुसार डेढ लाख सम्म जरिवाना र एक वर्र्षसम्म कैद हुनसक्छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यवस्था रहेको बोर्डले बताएको छ । 

‘धितोपत्र बजारको स्वच्छ, पारदर्शी र प्रभावकारी संचालनबाट लगानीकर्ताको हित संरक्षण हुने हुनाले धितोपत्र बजारलाई प्रभावित पार्ने कार्यहरु हुन नदिन बोर्ड सचेत रहेको र त्यस्ता घटनालाई नजिकबाट नियालिरहेकोले हाललाई त्यस्तो कार्य नगर्न नगराउन सबैलाई सूचित गरी सूचना प्रकाशन गरिएको छ । ’ बोर्डको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको  छ ।

 छिमेकी मुलुकहरुमा  सेयरबजारको बारेमा बिश्लेषण गर्न लाइसेन्स लिनुपर्ने तर यहाँ भने जथाभावी रुपमा बोलेको बोर्डको तर्क छ।  तर  अब सेयरबजारको बारेमा  बिश्लेषण गर्नेहरुले  धितोपत्र बोर्डको अनुमति लिनुपर्ने भएको छ । अहिले सेयरबजारमा  आफुखुसी बिश्लेषक भन्दै आफुअनुकुल बजारको बिश्लेषण गर्नेहरु बढेको र तिनले बजारलाई प्रभाव पारेको भन्दै बोर्डले त्यसमा रोक लगाएको हो ।

 बिहिबार एक प्रेस बिज्ञप्ती मार्फत बोर्डले अन्य देशमा धितोपत्र बजार नियमन निकायबाट अनुमतिपत्र प्राप्त गरेका व्यक्ति मात्र  सेयर बजार  र सूचिकृत संगठित संस्थाको शेयर मूल्यको विषयमा अभिव्यक्ति दिन पाउने व्यवस्था रहेको  समेत जानकारी गराएको छ।

विभिन्न व्यक्ति र समूहले शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिक्री गर्न तथा विभिन्न शेयरहरु खरिद वा बिक्री नगर्न उत्साहित गराएकाले यस्तो निर्देशन दिन बाध्य भएको बोर्डको भनाई छ ।

‘निश्चित शेयरहरु किन्न उक्साउने वा नकिन्न अभिपे्ररीत गर्ने वा बजारको स्वतन्त्र रुपले संन्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन सबै सम्वद्ध पक्षहरुलाई एक सूचनामार्फत् सूचित गरिएको छ ।’ बोर्डल आफ्नो बिज्ञप्तीमा उल्लेख गरेको छ ।

अहिलेसम्म बिश्लेषक मात्रै होइन विभिन्न लगानीकर्ताहरुले पनि बजार प्रभाव पार्नेगरि आफ्ना अभिब्यक्ति दिइरहेका छन् । जसलाई रोक्नका लागि नै बोर्ड कठोर हुनुपरेको हो ।