काठमाडौं – नेकपा एमाले कार्यदलको बैठक आज बस्ने भएको छ । पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने बिषयमा छलफल गर्न बैठक आज दिउँसो ३ बजे बस्ने बताइएको छ ।
गएको जेठ गते बसेको पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीचको भेटवार्तामा आन्तरिक पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने विषयमा छलफल भएको थियो ।
उक्त भेटवार्तामा पार्टीभित्रको विवाद समाधान गर्न दुवै समूहमा पाँच पाँच जना सदस्य रहने गरी १० सदस्यीय कार्यदल गठन गर्न सहमत भएका थिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो वार्तामा दुई शीर्ष नेताले ओली समूहबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट रहेको १० सदस्यीय कार्यदल गठन गरेका छन् ।