काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका छन् ।
निषेधाज्ञामा अति आवश्यक सवारी बाहेक अरु चलेका छैनन् भने प्रहरीले कडाईका साथ चेकिङ गरेको छ । पोखराको छोरेपाटनमा चेकिङमा रहेको प्रहरीले एक एम्बुलेन्सलाई जान दिएन । पोखरा देखी स्याङ्जा जान लागेको एम्बुलेन्सले बिरामी नभएको मानिस बोकेको भनेर रोकेको हो ।
चालकको अनुसार स्याङ्जाबाट बिरामी लिएर आएको र जाने बेला रित्तो जानु परेको साथै गाउँपालिका अध्यक्षको आग्रहमा मानिस लिएर आएको खुलासा गरे । एम्बुलेन्सबाट घर जान लागेका मानिसहरुले पनि काम भएन कोठा भाडा तिर्न समेत गाह्रो भएकाले जान लागेको बताएका थिए ।