काठमाडौं । महामारीका समयमा श्रमिकको तलब न्युन मात्रामा मात्रै बृद्धि भएको छ । यता महांगी भने तलबको तुलनामा अचाक्ली बढेको छ ।
२०७७ चैतमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको छ । जबकी अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो । अर्थात यसले तलब कछुवा गतिमा बढेको देखाउँ छ । यता महंगीले भने खरायोको जस्तै तिब्र गति समातेको छ । बिशेषगरि महंगीका कारण मध्यम तथा न्युन आय भएका ब्यक्तिहरुको भान्सा महंगो भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७७ चै महंगी ३.१० प्रतिशतले बढेको छ । बिशेषगरि खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको चैतको तुलनामा २०७७ चैतमा घ्यू तथा तेल, २१.३८ प्रतिशतले महंगीएको छ । त्यसैगरि मासु तथा माछाको मूल्यपनि १२.६१ प्रतिशतले महंगीएको छ । यता सुर्तिजन्य पदार्थ १०.४१ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थ उपसमुहको मुल्यवृद्धि १०.१८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चैत महिनासम्ममा काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशतले महंगी बढेको छ । जबकी २०७६ चैतमा यी क्षेत्रहरुमा क्रमशः ७.१९ प्रतिशत, ७.०४ प्रतिशत, ५.८४ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
चैत महिनासम्ममा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४२ प्रतिशत, ५.८४ प्रतिशत र ३.७० प्रतिशत रहेको छ ।
सरकारले महामारीका समयमा पनि बिकास निर्माणलाई तिब्रता दिने बताएको छ । महामारीका बेलामा निजी क्षेत्रबाट निर्माण अघि बढाउन त्यसै त कठिन नै छ त्यसमाथि निर्माण सामाग्रीमा बढेको मूल्य झनै बाधक बनेको छ । चैत महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ५.९६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंक बताउँछ ।