काठमाडौं । रौतहटको दुर्गाभगवती गाउँपालिका–३ मत्सरी बस्ने गगनदेव महरा सहित ६ जनाको घरमा शनिबार दिउँसो आगलागी हुँदा सबै जनाको गरी करिब १७ लाख रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
झापाको कमल गाउँपालिका–३ केर्खा बजार बस्ने दिल बहादुर बस्नेतको कच्ची घरमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा सुनका गहना, ल्यापटप, टिभि, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीको स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।