आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मृत अवस्थामा फेला 

आइतबार, जेष्ठ २ २०७८

काठमाडौंको गोकर्णेश्वठर नगरपालिका–३ गाम्चा घर भएका ६० वर्षीय कान्छा नगरकोटी आफ्नै खेतको खोल्साको किनारामा शनिबार मृत अवस्थामा फेला परेका छन् । 
भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित बाल खोलामा हाल नाम, थर, वतन नखुलेका ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 
मोरङको उर्लाबारी नगरपालिका–४ बिशाल टोल बस्ने ५५ वर्षीय रुद्र रसाईली सोही ठाउँस्थित बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 
सुनसरीको धरान उपमहानगरपालिका–२० गौधारा खहरे खोलामा हाल नाम, थर, वतन, उमेर नखुलेकी महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । 
रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित बुटवल मण्डप अगाडि हाल नाम, थर, वतन नखुलेका ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।