काठमाडौँ – गैर आवाशीय नेपाली संघ ओमनको समन्वय समिति र नेपाली दूतावासको समन्वयमा जुटेको अक्सिजन सिलिन्डर लिन शनिबार विमान मस्कट जाँदैछ ।
६०० वटा अक्सिजन सिलिण्डर लिन वायु सेवा निगमको जहाज शनिबार मस्कट जान लागेको हो।
यस्तै चीनको बेइजिङबाट पनि ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिण्डर र अन्य चिकित्सा सामग्री लिन विमान जाने नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए।