चितवन । भरतपुर महानगरपलिका–१० चौविसकोठीस्थित प्राईम कमर्सियल बैंकको शाखा कार्यालयमा विद्युत सर्ट भई सोमबार साँझ आगलागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।