आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

साइकल अनियन्त्रित भई पोलमा ठक्कर खाँदा १ जनाको मृत्यु

सोमबार, बैशाख २७ २०७८

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित सडकमा साईकल अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर आइतबार दिउँसो दुर्घटना हुँदा साइकलमा सवार सिपाडोल बस्ने दोलखा मेलुङ गाउँपालिका–३ घर भएका मदन राज थापाको १० वर्षीय छोरा करुण थापाको मृत्यु भएको छ । 
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकल चालक सिपाडोल बस्ने १३ वर्षीय सुरेश घतानीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।