शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

महामारीमा डलर अर्बपतिहरुको चित्त झिंगाको पित्त बराबर !

सोमबार, बैशाख २७ २०७८

काठमाडौंं । देशमा डलर अर्बपति देखि लिएर ठूला उद्योगी समेत रहेका छन् । महामारीको  समय भनेर उनिहरुले राज्यबाट लाभ लिन भने पछि परेका छैनन् । तर यस्तो बेलामा उनिहरुले सामाजिक उत्तरदायित्वका लागि  रकम खर्चन डराएका छन् ।

डलर अर्बपति तथा फोब्र्सको सुचिमा परेका धनाढ्य हुँदा पनि देशलाई भने त्यसको के लाभ त ? यिनै महामारीमा परेका आममानीसले उपभोग गरेको बस्तुमा नाफा खाएर खर्बपति भएकाहरु अहिले कोरोना महामारीमा रकम खर्चन भने पछि हटेका छन् । अर्थात डलर अर्बपतिको चित्त माखाको पित्त भन्दा पनि सानो रहेछ भन्दा फरक पर्देन ।

कैयन ठूला उद्योग धन्दाले सामाजिक उत्तरदायित्वमा रकम खर्चनुपर्ने कानुनी व्यवस्था नै छ । त्यस्तो रकम पनि नखर्चि उनिहरुले पैसा खातामा राखेका छन् ।

वार्षिक १५ करोड भन्दा माथिको कारोबार गर्ने साना तथा ठुला उद्योगधन्दाले नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्चनु पर्छ । तर   यस्तो महामारीका  समयमा पनि उद्योगधन्दाले यस्तो खर्च नगरि कोषमै राखेका छन् । यता सामाजिक  उत्तरदायित्वमा  खर्च गरे  वा नगरेको नियमन गर्ने निकाय उद्योग विभाग पनि यसमा मौन बसेको छ ।

कोरोना महामारी तिब्र रुपमा फैलिदा अक्सीजनका सिलिन्डर मात्रै होइन, भेन्टिलेर तथा बेडसँगै क्वारेन्टीन समेत अभाव छ । जहाँ सरकारको मात्रै एक्लो प्रयासले संभव देखिएको छैन । यहाँ निजी क्षेत्रको सहयोग आवश्यक देखिएपनि उनिहरु रकम खर्च गर्न हिचकिचाई रहेका छन् ।

औद्योगिक व्यवसाय ऐन २०७३ का अनुसार वार्षिक १५ करोड भन्दा माथिको कारोबार गर्ने साना, मझौला तथा ठूला उद्योगले नाफाको १ प्रतिशत रकम सामाजिक  उत्तरदायित्वमा खर्च गर्नुपर्छ । यसरी सरकारले बाध्य पारेको  रकम समेत  उनिहरुले खर्च नगरि कोषमा जम्मा गरेका  राखेका छन्् । खर्च गर्नका लागि  सरकारले औद्योगिक व्यवसाय ऐन अन्र्तगत  निमायवली नबनाइदिएको र जसका कारण खर्चमा असहजता भएको उद्योगीहरुको दाबी छ ।

औद्योगिक व्यवसाय ऐनले सामाजिक  उत्तरदायित्वमा नाफाको १ प्रतिशत रकम खर्च गर्नुभनेपनि कुन कुन क्षेत्रमा खर्च गरेकालाई सामाजिक उत्तर दायित्वमा खर्च गरिएको मानिने भनेर प्रष्टाएको छैन । जसका लागि नै नियमावलीको आवश्यकता पर्छ ।  नियमावली भने बल्ल कानुन मन्त्रालयबाट अर्थमा रायका लागि पुगेको छ । नियमावली कहिलेसम्म बन्छ भन्ने टुंगो छैन । जबकी यता  निजी क्षेत्रको सहयोग आवश्यक भइसकेको छ ।

उद्योग विभागमा अहिलेसम्म ८ हजार ३ सय वटा उद्योग दर्ता भएका छन् । जसमध्ये अहिलेसम्म ४० प्रतिशतले मात्रै  गत वर्षको नाफाबाट सामाजिक  उत्तरदायित्वमा के कति खर्च गरेको भनेर रिपोर्ट बुझाएका छन् । खर्च नगरि बस्ने यस्ता उद्योेगलाई  उद्योग विभागले  समेतल कडिकडाउ गर्न सकेको छैन ।