आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोइला फुटाउने मेसिनमा परी मृत्यु

बिहिबार, बैशाख २३ २०७८

कञ्चनपुर । भिमदत्त नगरपालिका–८ तिलाचौडस्थित जगन्नाथ इँटाभट्टामा काम गर्ने सोही ठाउँ बस्ने ३५ वर्षीया जानकी पुजाराको छोरा १३ वर्षीय अर्जुन पुजाराको कोईला फुटाउने मेसिनमा परी बुधबार दिउँसो मृत्यु भएको छ ।
आमासँग इँटाभट्टामा गएको अवस्थामा इँटाभट्टा नजिक खाली जमिनमा रहेको म.१ त ११६७ नम्बरको ट्याक्टरको एक्सल फुलिमा लुगा बेरिन गई कोइला फुटाउने मेसिनमा पर्दा उनको मृत्यु भएको हो ।  मेसिन चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।