सर्लाही । पर्सा गाउँपालिका–५ बस्ने ५२ वर्षीया सेवो देवी पासवानको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । पर्साबाट पिपरा जाने पुल नजिकै घाँस काट्ने क्रममा विद्युतको मेन लाईन पोलको अर्थिङ्गको तारमा करेन्ट लाग्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।