आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

बिहिबार, बैशाख २३ २०७८

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका–४ स्थित सडकमा ना.५ त ६००९ नम्बरको ट्याक्टरले बुधबार बिहान ठक्कर दिँदा सोही नगरपालिका–१ बस्ने ६० वर्षीया मजबुन खातुनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शिवदर्शन अस्पताल हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै सोही ट्याक्टरको ठक्करबाट घाइते भएका सोही ठाउँ बस्ने सम्भु साहका ११ वर्षीय छोरा मुकेश साहको शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 
बझाङको जयपृथ्बी नगरपालिका–१० स्थित सडकमा से.२ त २५९६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई बुधबार दिउँसो  दुर्घटना हुँदा ट्याक्टरमा सवार कैलाली चुरे गाउँपालिका–६ बस्ने १८ वर्षीय पुरन सांउदको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 
पाल्पाको रम्भा गाउँपालिका–३ पिपलडाँडास्थित सडकमा लु.३ त ६८९९ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक बग्नासकाली गाउँपालिका–६ दर्पुक बस्ने २४ वर्षीय जिबन न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार रम्भा गाउँपालिका–३ बस्ने ४० वर्षीय हरि बस्याललाई उपचारको लागि तानसेनतर्फ लगिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।