आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

समर्थन फिर्ता लिने निर्णय गरेका प्रचण्डलाई ओलीको काउन्टर अट्याक, खुमलटारमा अर्को भूकम्प !

बुधबार, बैशाख २२ २०७८

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेका पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जवाबी हमलामा माओवादी केन्द्रबाट राजनीतिक नियुक्ति पाएका सबैलाई हटाउने अभियान सुरु गरेका छन् ।

यसै क्रममा सोमबार मात्रै गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका माओवादी निकट प्रदेश प्रमुखलाई ओलीले पदमुक्त गरेका थिए ।सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले माओवादी कोटामा नियुक्त भएका अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेपछि खुमलटारमा अर्को भुइँचालो गएको छ ।

सरकारले २०७६ को असोजमा दाहाललाई अस्ट्रेलियाका लागि राजदूत नियुक्त गरेको थियो । उनी लामो समय कांग्रेसमा आबद्ध थिए ।

माओवादी प्रवेश गरेलगत्तै उनलाई राजदूत नियुक्त गरिएको थियो । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भतिज हुन् ।

नेकपा एकता सर्वोच्च अदालतको आदेशबाट भंग भएपछि माओवादी कोटामा राजदूत बनेकाहरुलाई सरकारले फिर्ता बोलाउन थालेको हो।