आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मंगलबार, बैशाख २१ २०७८

काठमाडौं । बाराको कोल्हबी नगरपालिका–४ तामागढीस्थित सडकमा ना.४ ख ९५९८ नम्बरको ट्रकको पछाडीको चक्का पड्कीएर मंगलबार बिहान आगलागी हुँदा ट्रक जलेर करिब १८ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । 
ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ साप्लाखु बस्ने मैत बहादुर ईदिङ्गो लिम्बुको घरमा सोमबार बेलुका आगलागी हुँदा नगद १ लाख ४५ हजार रुपैयाँ, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर करिब ४ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।