काठमाडौं महानगरपालिका–११ थापाथलीमा मोहत्तरी घर भएका ५९ वर्षीय सिताराम महरा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मनाङको नासों गाउँपालिका–५ थोचेस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडीको पाटन नगरपालिका–६ मालिकाखांनस्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।