रोल्पा । रोल्पा नगरपालिका–७ राम्जागाउँस्थित सडकमा रा.१ प ६९१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–६ कोटगाउँ बस्ने ४३ वर्षीय भविराम बाठाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।