काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार बस्दैछ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि सोमबार स्थगित भएको उक्त बैठक आज दिउँसो बस्ने भएको हो । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बताइएको छ ।
बैठकमा संसद अधिवेशन र प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विषयमा छलफल हुने जनाइएको छ ।