आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

निषेधाज्ञा थप कडा, अब बैंकले २ सवारी पास मात्र पाउने !

मंगलबार, बैशाख २१ २०७८

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशबासीको नाममा सम्बोधन गर्दै जारी निषेधाज्ञा अझ कडा बनाइने घोषणा गरेका थिए ।

सोही घोषणापछि काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयको आवागमनलाई थप कडाई गर्ने तयारी सुरु गरेका छन् । 

तीन जिल्लाका प्रशासन कार्यालयहरुले यसअघि एकसाताका लागि घोषणा गरेको निषेधाज्ञाको अवधि बुधबार सकिँदैछ । भोलि अर्थात मंगलबार काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ ।

सो बैठकले निषेधाज्ञालाई बैशाख मसान्तसम्म थप गर्ने निर्णय गर्ने तयारी गरेको छ भने बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयलाई सीमित सवारी पास दिने र सडकको भीडभाड घटाउने गृहकार्य गरिरहेको छ ।