आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

ठेगानाको सम्पूर्ण समाधान कहाँ एपमा, अब सबै कहाँको उत्तर कहाँ एपले दिने

सोमबार, बैशाख २० २०७८

काठमाडौं तपाइँ कुनै कुराको ठेगाना थाहा पाउन कहाँ भनेर प्रश्न गर्नु हुनेछ । हामी पुग्नु स्थानबारेकुनै जानकारी छैन भने, वा कुनै ठाउँको बारेमा जानुकारी लिनु छ भने हामी कहाँ भनेर सोध्छौं । कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय पुग्न तपाइँलाइ सम्बन्धित ब्यक्तिसँग सोध्नु पर्छ । अब तपाइँलाइ कहाँ एपले तपाइँले खोज्नु भएको ठाउँबारे जानकारी दिने  । कहाँ स्थानीयकण गरिएको एप हो । यसलाई प्रयोग गर्न निकै सजिलो छ । यसलाइ नेपाली भाषामा समेत उपलब्ध यस एपलाइ आइतबार सार्बजनिक गरिएको छ । 
मेसोभिजन टेक्नोलोजीले विकास गरेको कहाँ एपले केहि क्लिकमै सोधिएका धेरै प्रश्नको उत्तर दिने छ । प्रविधिको चरम विकास भएको अबस्थामा पनि नेपालमा ठेगानालाइ डिजिटलाइज्ड गर्न सकिएको छैन । विदेशमा हेर्दा ठाउँको चिनारी दिन सडक, गल्ली, घरलाइ कोड नम्बर दिएर नक्सामा समावेश गरिएको पाइन्छ । 

KAHA App.jpeg

कसैलाई घरमा बोलाउनु पर्याे भने पहिले त्यस ब्यक्तिको लोकेसन सोधेर सवारी साधनमा फलानोे ठाउँमा झर्ने त्यहाँबाट दायाँ लाग्ने, यस्तो रंगको घर देखिन्छ, त्यसलाइ छाडेर अर्काे गल्ली लाग्ने भन्दै धेरै ठाउँको अवस्था बर्णन गरेर बोलाउनु पर्ने अहिलेको अवस्था छ । अनलाइनबाट सामान किन्दा डेलिभरी गर्ने ब्यक्तिलाइ त्यसै गरी आफ्नो लोकेसन देखाउनु पर्ने अबस्था छ । यस्तो समस्यालाई समाधान गर्न कहाँ एप सार्बजनिक गरिएको यस एपको विकासकर्ता  नारायणाबहादुर क्षेत्रीले बताए । 

WhatsApp Image 2021-05-02 at 1.33.05 PM (1).jpeg

कहाँ एपमा ब्यक्तिगत ठेगाना र आफ्नो ब्यवसायलाइ सूचिकृत गराउन सकिन्छ । आफ्नो ब्यवसाय सूचिकृत गरेपछि यसमा ब्यवसायको ठेगाना, तस्बिर, उत्पादनहरूलाइ ब्यक्ति स्वयंले एपमा राख्न सक्छ । त्यसलाइ अरू कहाँ प्रयोगकर्ताहरूलाइ बाँड्न सकिन्छ । यस एपलाइ प्रयोगकर्ता मैत्री बनाइएको  छ । यसमा सन्देश आदानप्रदानको सुविधासमेत छ । आफ्नो समुदायमा भएका असामान्य घटनाहरू जस्तै दुर्घटनाको स्थान, चोरी, आगलागीलगायतका, खतरनाक गतिविधिहरू  रिपोर्ट गर्न यस एपलाइ प्रयोग गर्न सकिन्छ । ब्यक्तिगत प्रयोगकर्ताहरूलाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइनेछ । ती निजी हुनेछन्र ।,

KAHA Tags.jpeg
कहाँ एपबाट आफ्नो ठेगाना नजिकै पाइने बस्तु तथा सेवाको जानकारी समेत पाउन सकिन्छ । कहाँ एपले प्रदान गर्ने ट्यागहरूमार्फत नजिकका, पसल, ग्यासँ डिपो, बालुवा डिपो, ब्युटीपार्लर, बार्वर सपलगायतका स्थानहरू खोज्न सकिन्छ । यसमा होटेल, रिसोर्ट्स, गेस्टहाउस,  विद्यालयहरू, कलेजहरू, शैक्षिक सेवाजस्ता स्थायी ट्यागहरू त्यसमा हुनेछन् । 

WhatsApp Image 2021-05-02 at 1.33.04 PM.jpeg