उदयपुर । चौदन्डिगढी नगरपालिका–२ स्थित शनिबार बिहान आएको हावाहुरीबाट चौदन्डिगढि नगरपालिका–२, ३ र ४ का ५० वटा घरको छानो उडाई करिब ८० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
ईलाका प्रहरी कार्यालय बेल्टारबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।