आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

उपेन्द्रविरुद्ध निर्वाचन आयोग पुगे ठाकुर !

शनिबार, बैशाख १८ २०७८

लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई कारबाही गर्ने पार्टी निर्णयविरुद्ध जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।

पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका चारजना सांसदलाई कारबाही गरेपछि ध्यानाकर्षण गराउन भन्दै ठाकुर निर्वाचन आयोग पुगेका हुन् । प्रदेशसभा सांसदलाई हटाउने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नरहेको भन्दै आयोग कार्यालय पुगेर अध्यक्ष ठाकुरले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

jankari.jpg

पत्रमा ठाकुरले २०७७ पुस ७ गतेपछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको दाबी गरेका छन् ।

पत्रमा पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको जिकिर गरिएको छ ।

’२०७७–०९–०७ गते पश्चात् हालसम्म जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक नबसेको अवस्थामा प्रदेशसभा लुम्बिनी प्रदेशको सचिवालयको सूचनापत्र ४ मा उल्लेखित माननीय सदस्यहरुको प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको व्यहोरा प्रथम दृष्टि मै अवैध एवम गैरकानुनी रहेकाले सो अवैध एवम् गैरकानुनी पत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ,’ पत्रमा भनिएको छ ।

स्रोतका अनुसार ठाकुरको पत्र बुझ्दै निर्वाचन आयोगले तत्काल केही गर्न नसकिने मौखिक जवाफ दिएको छ । जन आश्था साप्ताहिकमा खबर छ l