आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगलागीमा परी मृत्यु तथा विभिन्न धनमाल जलेर नष्ट

मंगलबार, बैशाख १४ २०७८

काठमाडौं ।   धादिङ, धुनिबेशी नगरपालिका–६ बस्ने ३७ वर्षीय रिठ्ठे तामाङको घरमा सोमबार दिउँसो आगलागी हुँदा सोही आगलागीमा परी तामाङको मृत्यु भएको छ । साथै आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको धनमाल समेत जलेर नष्ट भएको छ । 
मकवानपुर, बकैया गाउँपालिका–७ हात्तीखोला बस्ने यज्ञ प्रसाद सापकोटाको घर नजिकै रहेको गोठमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा गोठमा राखेको सिमेन्ट, काठ, फर्निचरको सामान, कुखुरा पालनको लागि प्रयोग हुने सामग्रीहरु समेत जलेर करिब १७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
खोटाङ, केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा बस्ने भैराज राईको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा घर भित्र रहेको नगद, काठपात, भाँडाबर्तन, अन्नपात, लत्ताकपडा र कागजातहरु समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
मोरङ, बिराटनगर महानगरपालिका–१४ जतुवा बस्ने तिर्था नन्द यादबको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा अन्नपात, भाँडाबर्तन र लत्ताकपडा समेत जलेर करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनामल नष्ट भएको छ । साथै उक्त आगलागीबाट उनको घर छेउमा रहेको निलम देबी यादबको घर समेत जलेर करिब ४ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
पर्सा, पकहामैनपुर गाउँपालिका–२ मानिपुर बस्ने महेन्द्र राउत कंकरको गोठघरमा सोमबार राति आगलागी हुँदा उनको लगायत ६ जनाको गोठघर जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।