बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

मंगलबार, बैशाख १४ २०७८

काठमाडौं ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेपाली सेनाको राजदल गणको २ नम्बर गेट अगाडि सोही गणको पिपिराबाट राजदल गणतर्फ जाँदै गरेको बा.१ ग ३४८९ नम्बर मिनी ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीया मनिकला सापकोटाको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको माया नर्शिङहोममा उपचारको क्रममा मृत्यु भएको हो । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
बाराको कलैया उपमहानगरपालिका–१२ सितलपुरस्थित सडकमा कलैयाबाट धर्मनगरतर्फ जाँदै गरेको बा.८३ प ८९१९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रौतहट माधव नारायण नगरपालिका–३ बस्ने २५ वर्षीय कुनाल कुमार केशरीको घटनास्थालमै मृत्यु भएको छ । साथै दुर्घटनामा मोटरसाइकलको ठक्करबाट घाइते भएका  २ जना पैदलयात्रीलाई उपचारको लागि कलैया अस्पतालतर्फ पठाइएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
धादिङको गल्छी गाउँपालिका–७ बाईसकिलोस्थित सडकमा ना.३ ख ७६५७ नम्बरको ट्रकमा बा.६६ प ९०२५ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक गल्छी गाउँपालिका–७ बस्ने २३ वर्षीय दिपेश नेपालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमासेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।