काठमाडौं । १३ वटा कम्पनीहरु बिरुद्ध मुुद्धा दुई अर्ब १९ करोड रुपैयाँ बिगो सहित मुद्धा दायर भएको छ । राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुल्चोकका अनुसार नक्कली मुल्य अभिबृद्धि कर (भ्याटबिल) प्रयोग गरी राजश्व छली गर्ने १३ वटा कम्पनीहरु बिरुद्ध मुुद्धा दायर गरिएको हो ।
बिभागका अनुसार ति कम्पनीका १६ जना प्रोपराईटहरु बिरुद्ध दुई अर्ब १९ करोड ८७ लाख ९५ हजार छ सय १४ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी गर्दे उच्च अदालत पाटनमा मुद्धा दायर गरिएको छ । झुट्टा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक (भ्याट बिल) प्रयोग गरी राजस्व छली गर्ने सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका वडा नं. १८ बस्ने अनिल गुप्ता एण्ड एशोसियटसका प्रोपराइटर अनिलकुमार गुप्ता तथा सर्लाही स्थायी ठेगाना भई का.जि. का.म.न.पा वडा नं. १४ कुलेश्वरमा रहेको अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोपराइटर प्रविण कुमार महतो समेत १३ फर्महरुका प्रोपराईटर गरी १६ जना प्रतिवादीहरुबाट दुई अर्ब १९ करोड ८७ लाख ९५ हजार छ सय १४ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी गरिएको छ ।
प्राप्त सवै सवुद प्रमाणबाट अनिल गुप्ता एण्ड एशोसियटसका प्रोपराइटर अनिल कुमार गुप्ता एवं अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोपराइटर प्रविण कुमार महतोसमेत १३ वटा फर्महरुका प्रोपराईटर गरी १६ जना प्रतिवादीहरुले विभिन्न फर्महरुको नाममा नक्कली तथा झुट्टा बिक्री बीजक जारी गरी उक्त फर्महरुबाट कर बीजक बमोजिमको रकम भुक्तानी लिई सो बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरी मूल्य अभिवृद्धि कर र आयकरस मेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ । सो अनुुरुप ति प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ १) बमोजिम कायम भएको मु.अ.कर तर्फ ६४ करोड ५० लाख ९७ हजार हजार आठ सय ७२ रुपैयाँ र आयकर तर्फ एक अर्ब ५५ करोड ३६ लाख ९७ हजार सात सय ४२ रुपैयाँ समेत गरी कुुल दुई अर्ब १९ करोड ८७ लाख ९५ हजार छ सय १४ रुपैयाँँ राजस्व चुहावट गरेको वारदात स्थापित हुन आएकोले सर्लाही स्थायी ठेगाना भई हाल ललितपुरको ल.म.न.पा. वडा नं. १८ नख्खु बस्ने अनिल गुप्ता एण्ड एशोसियटसका प्रोपराइटर अनिल कुमार गुप्ता, सर्लाही स्थायी ठेगाना भई का.जि. का.म.न.पा वडा नं. १४ कुलेश्वरमा रहेको अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोपराइटर प्रविण कुमार महतो, पर्सा स्थायी ठेगाना भई काठमाडौं, का.म.न.पा. वडा नं.१० थापागाउँमा कारोबारस्थल देखाएको सन्ध्या ट्रेडर्सका प्रोप्राइटर अभिमन महतो कोइरी, बारा स्थायी ठेगाना भई काठमाडौं का.म.न.पा. वडा नं. ३ बसुन्धरामा कारोबारस्थल देखाएको लक्की ट्रेड लिंकका प्रोप्राइटर अकली हजरा दुसाद, बारा स्थायी ठेगाना भई काठमाडौं का.म.न.पा. कारोबारस्थल देखाएको मुअन ट्रेडिङ्ग कन्सर्नका प्रोप्राइटर मुअन महरा, जिल्ला पर्सा स्थायी ठेगाना भई काठमाडौं का.म.न.पा. कालीमाटीमा कारोबारस्थल देखाएको दिब्या ईन्टरप्राइजेजका प्रोपराइटर रामचन्द्र माझी, बारा स्थायी ठेगाना भई काठमाडौं, का.म.न.पा. बसुन्धरामा कारोबारस्थल देखाएको निकी के ट्रेडर्सका प्रोपराइटर भुलावन महरा चमार, पर्सा, बिरगंज महानगरपालिका स्थायी ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिकामा कारोबारस्थल देखाएको एन के डी ट्रेडर्सका प्रोपराइटर दिपक कुमार कायस्थ, बारा, परवानीपुर गाउँपालीका लिपनमाल स्थायी ठेगाना भई काठमाडौं नागार्जुन नगरपालिका सितापाइलामा कारोबारस्थल देखाएको जि.एन. ट्रेडर्सका प्रोपाईटर ओकिल देवान, जिल्ला काठमाडौ चन्द्रागिरी नगरपालिका तिनथाना ढुंगेअड्डा स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका कलंकीमा कारोबारस्थल देखाएका सुवर्ण ट्रेड लिंकका प्रोप्राइटर सरोज श्रेष्ठ, काठमाडौं, का.म.न.पा रंजनागल्ली स्थायी ठेगाना भई काठमाडौं, का.म.न.पा. खुसिबुमा कारोबारस्थल देखाएको संजय इन्टरनेशनल इन्टरप्राइजेजका प्रोप्राइटर संजय श्रेष्ठ, सर्लाही स्थायी ठेगाना भई काठमाडौं का.म.न.पा.कुलेश्वरमा कारोबारस्थल देखाएको अंशु ट्रेड लिंक का प्रोप्राइटर बाणेश्वर महतो, जिल्ला उदयपुर स्थायी ठेगाना भई काठमाडौंका.म.न.पा ओमबहालमा कारोबारस्थल देखाएकोको मल ट्रेड लिंक का प्रोप्राइटर सरोज ढकाल, स्थायी ठेगाना काठमाडौं, का.म.न.पा. पुरानो बानेश्वरमा कारोबारस्थल देखाएका पि.एन. आर इन्टरप्राइजेजका प्रोप्राइटर राधेश्याम प्रसाद साह तेली, का.जि.का.म.न.पा. वटुबहाल स्थायी ठेगाना भई चन्द्रागिरी न.पा. ढुंगेअड्डा बस्ने का.जि., का.म.न.पा. कालिमाटीमा कारोबारस्थल देखाएको आयान टेड्र लिंकका प्रोपराइटर रत्न गोपाल श्रेष्ठ र सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर, ल.म.न.पा. नख्खु निवासीचल अचल सम्पत्ति जफत गर्ने प्रयोजनका लागि कायम गरिएका प्रतिवादी अञ्जु गुप्ता समेतलाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ बमोजिम विगो रकम दुइ अर्ब १९ करोड ८७ लाख ९५ हजार छ सय १४ रुपैयाँ असुल उपर गरी जरिवाना र कैद सजाय हुन माग दावी लिई आज शुुक्रबार उच्च अदालत पाटनमा मुुद्धा दायर गरिएको बिभागले जानकारी दिएको छ ।