काठमाडौं । काभ्रेको मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँस्थित सडकमा बा.३ ख १२३९ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने उत्तरबाहादुर तामाङको २ वर्षीय छोरा कबिन तामाङको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तेह्रथुम, म्याङलुङ नगरपालिका–७ लाप्छायाङ टोलस्थित सडकमा को.१ ज ३४०९ को ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्याक्सी चालक मन्छायायेम गाउँपालिका–५ बस्ने ४६ वर्षीय कृष्ण खापुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।