आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

हाउस वाईरिङ तालिम समापन

आइतबार, बैशाख ५ २०७८

स्याङ्जा ।  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालको प्रमुख अतिथ्यमा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा शुक्रबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयमा संचालित ४५ कार्यदिन अवधिको हाउस वाईरिङ तालिम समापन भएको छ ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक अर्यालले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै व्यावसायिक तथा सिपमूलक तालिम भएकोले भविष्यमा तालिम आयआर्जनका लागि लाभदायी हुने बताउनुभयो ।
जिल्ला घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाका प्रमुख ईश्वरी पौडेलको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
अवकाशको मुखमा रहेका प्रहरी हवल्दार र प्रहरी जवान लक्षित ब्यावसायिक, सिप विकास तथा अवकाश पछिको कार्ययोजनासँग सम्बन्धित रही जिल्ला घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाको सहकार्यमा संचालित उक्त तालिममा २० जना बहालवाला र २ जना अवकाश प्राप्त प्रहरी कर्मचारी गरी २२ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।