आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सुवेदी र चुडाल सर्वोच्चको न्यायाधीशमा

शुक्रबार, बैशाख ३ २०७८

काठमाडौँ- सर्वोच्च अदालतमा सिफारिस भएका दुई न्यायाधीशहरुलाई संसदीय सुनुवाइ समितिले शुक्रबार अनुमोदन गरेको छ।

सुर्खेत उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडाललाई संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन गरेको हो।

सुवेदी र चुडालको सुनुवाइका क्रममा सांसदहरुले उनीहरुसँग न्यायालय र सत्ताबीच हुने भनिएको सेटिङबारे प्रश्न गरेका थिए।