आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

सोमबार, चैत्र ३० २०७७

काठमाडौं ।  इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आज सोमबार काठमाडौको नक्सालस्थित भिम प्लाजमा इन्स्टिच्युटका अध्यक्ष राजुरमण पौडेलको सभापतित्वमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 
सभामा इन्स्टिच्युटका सञ्चालकहरु दीपप्रकाश पाण्डे, बिजय बहादुर खत्री, निर्मलकाजी श्रेष्ठ, प्रकाश बिक्रम खत्री, नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझी, प्रभु लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रशाद पौडेल, एवं जीवन बीमा एवं निर्जिवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।