आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सवारी दुर्घटनामा सात जनाको मृत्यु 

सोमबार, चैत्र ३० २०७७

काठमाडौं ।  चितवनको राप्ती नगरपालिका–११ आंमपानीस्थित सडकमा ना.१ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा राप्ती नगरपालिका–५ बस्ने ३५ वर्षीय खड्क लामा लगायत  ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य १७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
सुनसरीको ईटहरी उपमहानगरपालिका–१ आपगाछी चोकस्थित प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपरको ठक्करबाट ईटहरी उपमहानगरपालिका–१ आपगाछी बस्ने ७२ वर्षीय पूर्ण बहादुर गुरूङको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।