आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’

आइतबार, चैत्र २९ २०७७

 काठमाडौं ।  एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा यही चैत २७ गते राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबिच प्रमुख कार्यकारी न्यौपानेलाई बिभुषण प्रदान गरिएको हो । 
साथै, सोही विशेष समारोहका बीच राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरेकी हुन । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धकलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंकको तर्फबाट राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ । 

mantri1.JPG