बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नयाँ वर्षको अवसरमा सानिमा बैंकको नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना

शुक्रबार, चैत्र २७ २०७७

काठमाडौं ।  नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि नववर्ष २०७८, नयाँ रहर, नयाँ अफर योजना” सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो ।  
यो योजना अन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिसत वा अधिकतम् एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन भने क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिसत वा अधिकतम् १५ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन । यो योजना २०७७ चैत्र २९ देखि २०७८ वैशाख ७ गतेसम्म लागू हुने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका निरजराज श्रेष्ठ र दराज केय मु प्रा. लि.को तर्फबाट अरुण फुँयालले हस्ताक्षर गरेका हुुन । सानिमा बैंककोे डेबिट तथा क्रेडिट कार्डका लागि बैंकको वेभसाइटमा गई आवेदन दिन सकिन्छ ।
बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९६ एटिएम संचालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।