सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेस्थित रिभर वई र्याकप्टिङ एण्ड रिसोर्टको स्वीमिङ पुलमा पौडी खल्ने क्रममा डुबेर काठमाडौं सिनामंगल बस्ने सिन्धुली फिखल गाउँपालिका–२ घर भएका १९ वर्षीय सुशिल भण्डारीको आइतबार साँझ मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनलाई सदाबहार खाडीचौर हुँदै ईन्टरनेशनल अस्पताल कौशलटार भक्तपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।