आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रुद्रान्जु प्रतिष्ठानमा रक्तदान कार्यक्रमको आयोजना

आइतबार, चैत्र २२ २०७७

कीर्तिपुर–१०, ट्याङ्लाफाँटस्थित नव जागरण महिला समूहको आयोजना तथा नेपाल रेडक्रस सोसाईटीको सहयोगमा रुद्रान्जु प्रतिष्ठानको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा स्थानिय तथा अन्य दाताहरु समेत ४० जना महानुभावहरुले रक्तदान गर्नुभएको थियो । 

blood1.JPG

कार्यक्रममा अध्यक्ष लक्ष्मी पाण्डेले रक्तदाता सबैलाई सहृदयदेखि धन्यवाद दिँदै नव जागरण महिला समूहको पहलमा आयोजित रक्तदान कार्यक्रमले सफलता पाएकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै, उपाध्यक्ष टिकादेवी खनालले भविष्यमा पनि यस्ता कार्यक्रम गर्दै समाजसेवामा हरदम अग्रसर रहने प्रतिबद्धता जनाउनुभयो । 
नव जागरण महिला समूह आफैमा आदर्श स्थापित गर्दै समाजसेवी कार्यक्रमहरु आयोजना गरी अन्यलाई पनि यस्ता कार्यमा सहभागी गराईरहेको छ । स–साना सेवाभावी जमर्कोले समाजमा ठुलो प्रभाव पार्ने यो उदाहरणीय प्रयास हो । 

blood2.JPG