आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एनएमबिका ग्राहकहरुलाई एएसजी आखा अस्पतालमा सहुलियत

शुक्रबार, चैत्र २० २०७७

काठमाडौं ।  एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई एएसजी आखा अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिसतसम्म छुट दिने बिषयमा द्विपक्षीय समझदारी गरेको छ । उक्त अस्पतालले बैंकका डेबिट, क्रेडिट र क्युआर कोड मध्ये कुनै पनि माध्यमबाट ग्राहकहरु तथा कर्मचारीहरुले भुक्तानी गर्र्दा सर्जरीमा र आखा सम्बन्धि कुनैपनि सामानको खरिदमा १० प्रतिसत छुट उपलब्ध गराउने छ ।
समझदारीपत्रमा एनएमबि बैंक र एएसजीका तर्फबाट आधिकारिक व्यक्तित्वहरुले हस्ताक्षर गरेका हुुन ।  बैंकले आफ्नो सेवाको क्षितिज अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । 
बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।