आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु

शुक्रबार, चैत्र २० २०७७

काठमाडौं ।  कीर्तिपुर नगरपालिका–६ टौदह नयाँ झोलुङ्गेपुल नजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको बिहीबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका–१ खहरे बस्नेहरु ओखलढुङ्गा सिजिदेब गाउँपालिका–३ घर भएका ११ वर्षीय प्रशान्त सुनुवार र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१ घर भएका ८ वर्षीय क्रिस मगर रहेका छन् । 
उक्त खाल्डोमा ५ जना बालकहरु पौडी खेल्ने क्रममा २ जना हराएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुर र बिपद ब्यबस्थापनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा खाल्डोमा उनीहरुको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।