आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपालको आर्थिक बृद्धि दुई दशमलव सात प्रतिशतले बृद्धि हुने,  तेस्रो त्रैमाससम्म अझै अर्थतन्त्र नकारात्मक

बिहिबार, चैत्र १९ २०७७

काठमाडौं। विश्व बैंकले यो वर्ष नेपालको आर्थिक बृद्धि दुई दशमलव सात प्रतिशतले बृद्धि हुने बताएको छ  । अपेक्षा गरेभन्दा बढि रेमिट्यान्स आएकाले यो आर्थिक बृद्धि संभव भएको हुन बिश्व बैकको निष्कर्ष छ ।

कुल गार्हस्थ उत्पादनको तुलनामा सबैभन्दा उच्च रेमिट्यान्स प्राप्त गर्ने देशहरुमध्ये नेपाल बिश्वमा नै तेस्रो स्थानमा छ ।  कुल गार्हस्थ उत्पादनको  झन्डै २७ प्रतिशत बराबर हुने गरि नेपालमा रेमिट्यान्स आउछ । अपेक्षा गरिएको भन्दा बढि आएको रेमिट्यान्स  मात्रै होइन, कोरोना महामारी बिरुद्ध लगाइएको खोपका कारण पनि आर्थिक गतिबिधी चलायमान भएको र छिट्टै  सुधार आएको बिश्व बैंकको भनाई छ । यसअघि भने बिश्व बैंकले यो वर्षको आर्थिक बृद्धि शुन्य दशमलव ६ प्रतिशतले बृद्धि हुने आकलन गरेको थियो ।

यता सरकारले भने यो वर्ष झन्डै सात प्रतिशतको आर्थिक बृद्धि हुने आकलन  गरेको छ । जबकी  विश्व बैंकले  यो वर्षको तेस्रो त्रैमाससम्म अझै अर्थतन्त्र नकारात्मक नै रहने बताएको छ ।

साथै दक्षिण एसिया क्षेत्रमा सरकारहरुले लिएका आर्थिक पुनरुत्थानका कार्यक्रमसँगै सहुलियतपुर्ण ऋणका कारण  यो वर्ष  यो क्षेत्रको आर्थिक बृद्धि सात दशमलव दुई प्रतिशतले बृद्धि हुने विश्व बैंकको अध्ययनमा  उल्लेख गरिएको छ । छिमेकी मुलुक भारतको भने सबैभन्दा बढि अर्थात १० दशमलव एक प्रतिशतले आर्थिक बृद्धि हुने बताएको छ ।   श्रीलंकाको भने सबैभन्दा बढि अर्थतन्त्र नकारात्मक दिशामा जाने  विश्व बैंकको भनाई छ ।