आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो

बिहिबार, चैत्र १९ २०७७

काठमाण्डौ । सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि कर्मचारीको आह्वान गरेको छ । कोषले चारदेखि ११ औं तहमा स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारी माग गरेको हो ।

लोकसेवा आयोगको सहमति अनुसार कोषमा रिक्त रहेका पदहरु खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्न आवेदन माग गरिएको हो । तोकिएको योग्यता पुगेका उम्मेदवारले प्रक्रिया पूरा गरी अनलाइन दरखास्त फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।

gorkhapatra.jpg