आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पुन ३० करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्दे राष्ट्र बैंक

बिहिबार, चैत्र १९ २०७७

काठमाडौं । नेपाल राष्ट्र बैकले ३० करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । दुई सय १७ दिने अर्थात २०७८ बैशाख दुई गते देखि २०७८ मंसिर एक गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 
रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही चैत २२ गते अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनु पर्ने छ । लगानीको लागि छुट्याईएको कुल रकम मध्येमा बाँणिज्य बैकहरुको लागि २४ करोड, बिकास बैंकहरुको लागि चार करोड ५० लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड ४० लाख रुपैयाँ छुट्याईएको राष्ट्र बैंकले जनाएको छ । 
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने लगायतका सर्तहरु तोकिएको राष्ट्र बैकले जनाएको छ ।   

bank2.JPG

bank3.JPG