आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा मृत्यु

मंगलबार, चैत्र १७ २०७७

काठमाडौं ।  कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीस्थित दिपेन्द्र घोरासैनीको घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा काठमाडौं मुलपानी बस्ने दोलाखा जिरी नगरपालिका–२ घर भएका २० वर्षीय इन्द्र बहादुर गुभाजुको मंगलबार बिहान मृत्यु भएको छ । 
ढिस्कोले पुरिएर गम्भीर घाइते भएका उनको शंखरपुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही ढिस्कोले पुरिएर घाइते भएका मुलपानी बस्ने उदयपुर घर भएका ३५ वर्षीय धन बहादुर मगरको सोही अस्पतालमा उपचार भईरहेको  छ । घरधनि र ठेकदारलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।