आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कांग्रेस सांसद रुँगटाको उद्योगले ग-यो नापतौल गुणस्तर लोगोको बर्खिलाफ

बुधबार, चैत्र ११ २०७७

काठमाडौं । पछिल्लो समयमा देशमा निर्माणजन्य उद्योगहरू खुल्ने क्रम निकै बढेको छ । छड, सिमेन्टलगायतका विभिन्न कम्पनीहरू खुल्ने क्रम जारी भए पनि तिनको गुणस्तर के हो भनी कोही पनि जानकार भने छैनन् जसको उत्पादित वस्तुहरू प्रयोग गर्ने उपभोक्तालाई त झन् जानकारी हुने कुरै भएन । तर कांग्रेस सांसद रहेका अनिल रुँगटालाई भने गुणस्तरको कुरै भएन, गुणस्तर चिह्नको छाप लोगो नै समेत दुरुपयोग गरेको पाइएको छ । रुँगटा अध्यक्ष रहेको दाङमा अवस्थित देव सम्राट प्रिमियम सिमेन्ट उद्योगले नाप तौल गुणस्तरबाट प्रमाण चिन्ह प्राप्त नगरी धमाधम गुणस्तरको छाप, लोगो किर्ते गरी बजारमा सम्राट ब्रान्डको सिमेन्ट बेचेको पाइएको छ । उद्योगले काठमाडौंको बाफलस्थित जगदम्बा इन्टरप्राइजेजको गोदाममा छापा मार्दा गुणस्तर स्टिकर र लोगो छाप हानेको सिमेन्टको बोरासमेत बरामद गरको थियो । कम्पनीले आफ्नो सामानको बिक्री वितरण ग्राहकलाई झूटो रूपमा आकर्षित गर्न धमाधम गुणस्तर चिन्हको लोगो लगाउँदै व्यापार गर्दै आउँदा भने नापतौल गुणस्तर विभाग भने लामो समयसम्म यो विषयमा बेखबर रहेको पाइएको छ । 
यसरी गरिएका किर्तेलाई ढाकछोप गर्न गुणस्तरका केही भ्रष्ट कर्मचारी र कम्पनीबीच पटक पटक मिटिङ बस्ता दुई पक्षबीच लेनदेन कुरा नमिलेपछि सो गोदाम छापा हानेको उच्च स्रोतले बताएको छ । कम्पनीका अध्यक्ष कांग्रेसका समानुपतिक सांसद भएका वीरगन्जका ठूला व्यापारीमध्ये पर्ने अनिल रुँगटा हुन् । देशको संविधान बनाउने हैसियतमा रहेका रुँगटा यसरी सरकारी लोगो र छाप किर्तेमा पछिल्लो समय तल्लीन रहेका बताइएको छ । यसरी गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दैै उपभोक्तालाई छारो हाल्ने काम अन्य उद्योगबाट भने नभएको होइन । तर रुँगटाले भने गुणस्तरको छाप लोगोको दुरुपयोग गर्दा पनि उनी खुलेर आफ्नो अन्य धन्दा भने चलाइरहेका छन् । तर अहिले गुणस्तर विभागका कर्मचारीको मिलेमतोमा केही दिनलाई कम्पनी बन्द गर्ने र उत्पादन रोक्ने भनिएपछि केही समयमै सो कम्पनी छाप किर्तेको केस सल्टाउँदै खुल्ने तयारीमा रहेको छ । गुणस्तर विभागले कारबाहीको विज्ञप्ति निकाले पनि सबैलाई थाहा नहोस् भनी गुपचुपमै १–२ वटा मिडियालाई दिई केसलाई ढिसमिस बनाउने खेल भएको बुझिएको छ । विभागले कम्पनीलाई रोक्का राखी कारबाही अगाडि बढाउने भने पनि कम्पनीका डाइरेक्टर वासु पाण्डे भने यो कुरा स्वीकार गर्छन् तर जान अन्जानमा गल्ती मजदुरबाट भएको हो, यो अब छिटै हामीले गुणस्तर लिने तयारीमा रहेको बताएका छन् । 
अनौठो कुरा के छ भने छाप, लोगो दुरुपयोगको कारबाही गरिने भने पनि उल्टै गुणस्तर पाउने कुरामा पाण्डे भने ढुक्क छन् । अझै आश्चर्य के छ भने, नेपालमा ठूला व्यापारी तथा मारवाडी मूलकालाई जे गर्न पनि छुट रहेको छ । यसरी सरकारी छाप र लोगो किर्तेधारीले कारबाही पाउनेभन्दा पनि सेटिङमा धन्दा चलाउन दिने सरकारी संयन्त्रप्रति धिक्कार छ ।