स्थानीय महिलालाई लिएर होटलमा बास बस्न पुगेका बैतडीको दोगडाकेदार गाउँपालिका-७ का वडाअध्यक्ष भरत महरा प्रहरीको फन्दामा परेका छन् ।
स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका महरा आफ्नै श्रीमती विमलाले नै खोचलेकस्थित एक होटेलको कोठामा शंकास्पद रुपमा स्थानीय महिलासँग बसेको भन्दै प्रहरीलाई खबर गरेपछि उनीहरु पक्राउ परेका हुन् ।
अघिल्लो महिना १७ बर्षकी भागिरथी भट्टको बलात्कार र हत्याले तरङ्गित भएको ठाउँ बैतडीको दोगडाकेदार गाउँपालिका-७ का वडाअध्यक्ष भरत महरा आज झिसमिसेमै एक महिला लिएर होटलमा बसेको सूचना प्रहरीले पाएको थियो ।
दुवै जनालाई अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडी ल्याइएको प्रहरीले जानकारी दिएको छ ।